सर्वाधिक धनराशीको फुटबल आयोजना गरिँदै

उपत्यका बाहिरको सर्वाधिक राशी सहितको फुटवल प्रतियोगिता बुटवलमा हुने भएको छ ।  बुटवलमा तेस्रो मदन भण्डारी गोल्डकप फुटवल प्तियोगीता आयोजना गरिने भएको छ । उपत्यका बाहिरकै सबैभन्दा ठुलो धनराशीको फुटवल प्रतियोगीता हो । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश ५ को आयोजनामा हुन लागेको नकआउट प्रतियोगिता चैत ९ गते देखि १९ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहनेछ । खेल र खेलाडीको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडि ३ ख लारुपैया विमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितीय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन ।

बुटवलको मानवज्ञान माविको खेल मैदानमा हुने प्रतियोगिताको चैत ९ गते राष्टपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टीमले नगद २ लाख प्राप्त गर्नेछन । सर्वोउत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैया प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडीले नगद २०÷२० हजार प्राप्त गर्नेछन् ।

१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदूरपश्चिम कैलाली, नेपाल आर्मी, थी्रस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ सहभागिता हुनेछ ।

Related posts

Leave a Comment