किन खसेन सप्तरीको महदेवामा मत?

सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार  सप्तरीको महादेवा गाउँपालिकाको महदेवास्थित प्राविमा कुनै मतदाता पनि नआउँदा शुन्य मतदान भएको छ । ९६० मतदाता रहेको उक्त क्षेत्रमा विहानैदेखि तयारी अबस्थामा बसेपनि कुनै मतदाता मत खसाल्न नआएको जानाकारी आएको छ । मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।

स्थानीय मतदाता रामचरित्र मण्डलले यत्रो दिन मत खसाले पनि जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरेको बताए । उनले पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको सुनाए । यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् । यो महादेवा गाउँमा सिके राउतको घर छ ।

Related posts

Leave a Comment