सैनिक क्याम्पमा आतंकारी हमला, आठ सैनिकको मृत्यु १५ घाइते

इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ। आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ।  सिनाइको मध्यक्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेर चार जनासहित १४ जना आतङ्ककारी लडाकूको एक समूह शिविरमा प्रवेश गरी गरेको हमलालाई सेनाले विफल पार्न सफल भएपनि आठ सैनिकले शाहदत प्राप्त गरेका र १५ जना घाइते भएका छन, सैनिक प्रवक्ता तामेर अल रेफायद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।  सेनाको प्रतिकारमा अतङ्ककारीहरूको समूहका सवै सदस्यको मृत्यु भएको पनि रेफायले बताए

 

Related posts

Leave a Comment