सन्दिप वेष्ट इण्डिजविरुद्ध खेल्ने , आईसीसी ‘वर्ल्ड ११ बाट छानिए

नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ । यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले बुधबार जनाएको हो।
गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो।
कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायत खेलाडी छन्। नेपालले यस वर्षको जुलाई लर्डसमा गएर एमसीसी र नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्दै छ। सन्दीपले यसै साता इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट रोयल्स च्यालेन्जर बेङ्लोरविरुद्व डेब्यु गरेका थिए।

Related posts

Leave a Comment