सम्पत्तिको लोभमा भाइको हत्या, दूधमा औषधि मिसाई बेहोस बनाएपछि घाँटी थिचेको खुलासा

सम्पत्तिको लोभमा आफ्नै दाजुले भाइको हत्या गरेको खुलेको छ । भैरहवामा नौ दिनअघि भएको एक युवकको हत्यामा आफ्नै दाजुको संलग्नता रहेको पाइएको हो ।गत जेठ २१ सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका सतिस साहनीको शंकास्पद मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको दाजु सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घांटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  सम्पत्तिको लोभले सौतेनी भाइको हत्या भएको अनुसन्धानमा खुलेको हो । हत्यामा संलग्नताको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

Related posts

Leave a Comment