युएईमा कार्यरत एक नेपालीको सुतेकै ठाँउमा मृत्यु

वैदेशिक रोजगारी अन्र्तगत युएईमा कार्यरत एक नेपालीको ह्दयघातका कारण ज्यान गएको छ । युएईमा कार्यरत सोलुखुम्बुको नेचा सल्यानका ४८ वर्षिय मिनबहादुर राईको दुबईमा सुतेकै ठाउँमा ज्यान गएको हो । पाँच वर्षअघि दुबई आएका मिनबहादुर बर्केली कम्पनीमा क्लिनरको काम गर्दै आएका थिए । गएको मंगलबार राती ड्युटी गरेर फर्किएका मिनबहादुरको सुतेकै ठाउँमा ज्यान गएको हो । उनी सुतेको ठाँउमा ज्यान गएको उनका साथीले बताएका छन् । सुतेको ठाउँबाट नउठेका मिनबहादुरको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ । शव दुबईमा रहेको अल रसिद अस्पतालमा राखिएको कम्पनीले जनाएको छ । मिनबहादुरको परिवारमा बुबाआमा, श्रीमती, छोरी र भाइ छन् ।

Related posts

Leave a Comment