चिटकै भरमा गुडाउछन् सवारी , कहिले आउँछ लाइसेन्स ?

सरकारले पुरानो किसीमको लाइसेन्स खारजे गरेपनि देशभर स्मार्ट लाइसेन्स वितरण गर्ने सकेको छैन् । सरकारको ठिलाईले ट्रायल पास गरेका सवारीचालक लामो समयसम्म लाइसेन्सविहीन बन्न पुगेका छन् । ट्रयाल पास गरेका पनि चिटकै भरमा सवारी हाकिरहेका छन् ।
साविकको कर्णाली अञ्चलबाहेक १३ वटा अञ्चल कार्यालयहरुबाट स्मार्ट लाइसेन्स लागु गर्ने योजना ल्याए पनि कार्ड उत्पादन गर्ने कम्पनी छनोट, ठेक्का प्रक्रिया, सम्बन्धित देशको बैंकको स्वीकृतिलगायत विभिन्न समस्या देखाउँदै विभागले यसको वितरण गर्न नसकेको हो ।
साविकका अञ्चलमा रहेका यातायात व्यवस्था कार्यालयहरुले स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै किसिमका परीक्षा लिने गरे पनि ट्रायल पास गरेका देशभरका करिब ३ लाख चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।स्मार्ट लाइसेन्स पाउन नसक्दा चालकहरु यातायात व्यवस्था कार्यालयले ट्रायल पास भएपछि दिएको चिटको भरमा सवारी चलाउन बाध्य छन् । यातायाात व्यवस्था विभागले भारतको चेन्नईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्ससँग २०७१ सालमा ७ लाख ५० हजार स्मार्ट लाइसेन्स र ५ थान प्रिन्टर्सका लागि ठेक्का लगाएको थियो । यसमध्ये ३ लाख ५० हजार कार्ड विभाग आइपुगेको नेपालस्थित एजेन्ट सुबोध त्रिपाठीले जानकारी दिए ।
विभागसँग हाल ५ वटा प्रिन्टर रहेको विभागका निर्देशक तुलसीराम अर्यालले बताए । अर्यालका अनुसार विभागसँग स्मार्ट प्रिन्टका लागि प्रिन्टर पर्याप्त रहे पनि भारत चेन्नईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्सबाट समयमै स्मार्ट लाइसेन्सको कार्ड आईनपुग्दा सेवाग्राही स्मार्ट लाइसेन्स पाउनबाट वञ्चित भएका हुन् । गत फागुनभित्रमा नै सबै स्मार्टकार्ड आइपुग्नुपर्ने हो, निर्देशक अर्यालले भने, तर ठेक्का सम्भौताको २ महिना बितिसक्दा पनि मद्रासले कार्ड ल्याइपुर्याएन । गत फागुनअघि विभाग आएका ३ लाख ५० हजार कार्डमध्ये करिब १ लाख ६० हजार कार्डमा कमजोर गुणस्तरका कारण पिन उक्किने समस्या आएको थियो ।

Related posts

Leave a Comment