रुसको नयाँ राष्ट्रपतिमा पुन: भ्लादिमीर पुटिन निर्वाचित

रुसको नयाँ राष्ट्रपतिमा पुनस् भ्लादिमीर पुटिन निर्वाचित हुनुभएको छ । राष्ट्रपति चयनका लागि हिजो सम्पन्न मतदानमा भ्लादिमीर पुटिनले अर्को कार्यकालका लागि जित हात पार्नुभएको हो । सम्पूर्ण स्थानको मतगणना सकिनै लाग्दा पुटिनले करिब ७६ प्रतिशत मत प्राप्त गरेको त्यहाँको केन्द्रीय निर्वाचन आयोगलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेको छ । यो पुटिनले सन् २०१२ मा प्राप्त गरेको भन्दा १२ प्रतिशत बढी मत हो । उहाँका निकटतम प्रतिद्वन्द्वी पाभे ग्रुडिनिनले १२ प्रतिशत मत प्राप्त गरेका छन् । विपक्षी दलका प्रमुख नेता एलेक्सी नाभाल्नीलाई भने चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो । प्रारम्भिक मतपरिणाम सार्वजनिक भएपछि मस्कोमा निस्किएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले मतदाताले पछिल्ला केही बर्षको उपलब्धीको पहिचान गरेको बताउनुभयो ।

 

Related posts

Leave a Comment