रेडक्रसद्वारा तीनवटा विद्यालय भवन हस्तान्तरण  (फोटो फीचर सहित)

अभि लामीछाने
नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा सिंगापुर रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा तीनवटा  भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । विद्यालय समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा कटारी क्षेत्रका ३ वटा विद्यालय  विद्यालय व्यबस्थापन समितिलाई रेडक्रसका केन्दीय अध्यक्ष सञ्जिव थापाले मंगलबार हस्तान्तरण गरेका हुन । पुसन २८ गते श्री सरस्वती माध्यमिक विद्यालय भोर्ले उद्घाटन गरिएको थियो । २९ गते श्री माध्यमिक विद्यालय पटनाभन्ज्याङ  कटारी र जनता कालिका माध्यमिक विद्यालय सोरुंगछवीसेको एकै दिन उदघाटन तथा विद्यलय हस्तान्तरण अध्यक्ष थापाले गरेका हुन । रेडक्रसका केंद्रीय अध्यक्ष थापाको प्रमुख अतिथिमा सम्पन भएको उक्त कार्यक्रममा विद्यलाय भवन पारिदिएर बिकट ठाउमा पनि यत्ति सुबिधा सम्पन भवन बनाउन पहल गरेकोमा थापालाई सबैले धन्यबाद दिएका थिए । सँधै सामाजिक क्षेत्रमा सक्रिय थापाले उदयपुरको विकट ठाँउहरुमा बिद्यालय, स्वास्थ चौकी र खानेपानीको समस्या भएको ठाँउमा थापाको पहलमा धेरै कामहरु गरेका छन । भोर्ले माबिमा खानेपानीको पहल गरिदिन व्यवस्थापन समितिका अध्यक्ष खिलनाथ धमलाले अध्यक्ष थापालाई आग्रह गरेका छन । उनले भने ‘हाम्रो ठाउमा सुबिधा सम्पन्न भवन त बनाईदिनु भयो, अब खानेपानिको केहि समस्या छ त्यसलाई पनि हजुरकै पालामा सहयोग गरिदिनुहोस ।’ गाऊँमा सुबिधा सम्पन भवनमा बालबालिकाहरु पढ़न पाउने भएकोमा आफु खुसी भएको सोही बिद्यालयका प्रअ अर्जुन बहादुर कार्कीले बताए । महाभुकम्प, बाढी पहिरो, आगलागी जस्ता महाबिपत्तिमा रेडक्रस सहयोग गर्दै आएको चर्चा गरे ।  माबि ४८ लाख ४ हजार ९ सय ३३, पटना भन्ज्यांग माबि ७६ लाख ८६ हजार ९ सय ३३ लागतमा र सोरुंग माबि ६३ लाख ७७ हजार ५७ रुपैयामा सम्पन्न भएको उक्त भवन भूकम्प प्रतिरोधात्मक छन । निर्माण सम्पन्न कार्य भन्दा २ महीना अगाडि नै सम्पन भएको उक्त भवन ले गाउघरका बिद्यार्थीहरुलाई अध्ययन गर्न सहज हुने भएको छ ।

फोटो फीचर

 

Related posts

Leave a Comment