कोपा डेल रेको क्वाटर फाइनलमा रियल १-० ले विजयी

मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को जित हासिल गरेको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो ।

रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को साता दोस्रो लेगमा अब घरेलु मैदान सेन्टीइगो बर्नेबाउमा लेगानेसलाई निम्त्याउने छ ।लेगानेसले दोस्रो हाफमा गरेको प्रहार बारमा लागेर फर्किएपछि गोल गर्ने अवसर गुमाएको थियो । खेलको ८९ औं मिनेटमा थियो हर्नान्डेजको क्रसलाई सदुपयोग गर्दै रियललाई असेन्सियोले गोल दिलाए ।

क्रिस्टियानो रोनाल्डो लगायतका पहिलो रोजाईका खेलाडीलाई जिदानले विश्राम दिएका थिए ।

Related posts

Leave a Comment