जिल्ला प्राविधिक कार्यालय रौतहटमा तालाबन्दी

विकास निर्माणको काम सम्पन्न भएको महिनौ बितिसक्दा भुक्तानी नपाएको भन्दै उपभोक्ता संघर्ष समितिले जिल्ला प्राविधिक कार्यालय गौरमा तालाबन्दी गरेका छन् ।

संसदीय विकास कोष र संसदीय विकास पूर्वाधार अन्तर्गत एक करोड ७९ लाख लागतमा विकास निर्माण कार्य भएको र महिनौ अघि भुक्तानीको लागि बिल भौचर पेश गर्दा सुनुवाइ नभएपछि उपभोक्ताहरुले बुधवार जिल्ला प्राविधिक कार्यालय घेराउ गर्दै ताला लगाएका हुन् ।

निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका छात्राहरुलाई २९ लाखको साइकल, गुजरा नपामा ६० लाख, फतुवा विजयपुर नपामा ५० लाख, देवाही गोनाही र कटहरिया नपामा ४० लाख गरी एक करोड ७९ लाख मूल्य बराबरको सडक ढलान, कल्भर्ट निर्माण, बाटो मर्मत गरी ग्राभेल लगायतका योजनाहरु सम्पन्न भएका थिए । महिनौ बितिसक्दा पनि भुक्तानी नभएपछि जिल्ला प्राविधिक कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपभोक्ता संघर्ष समितिका संयोजक त्रिभूवन साहले बताएका छन ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख विनोद ठाकुरले सम्झौता अनुसार काम सम्पन्न भएपनि सर्वोच्च अदालतको आदेशले रकम नआएकोले भुक्तानीमा समस्या भएको बताएका छन् । उनले रकमको लागी विभाग तथा मन्त्रालयमा पहल भैरहेको जानकारी दिएका छन् ।

Related posts

Leave a Comment