राष्ट्रपति बन्नका लागि डोनाल्ड ट्रम्प अयोग्य

पूर्व एफबिआइ निर्देशक जेम्स कोमेले डोनाल्ड ट्रम्प ‘नैतिक रुपमा राष्ट्रपति बन्नका लागि अयोग्य’ रहेको दाबी गरेका छन्। ट्रम्पले महिलाहरुलाई ‘मासुका टुक्रा’ का रुपमा व्यवहार गर्ने आरोप पनि उनले लगाए। गत वर्ष ट्रम्पले कोमेलाई पदबाट बर्खास्त गरेयता पहिलो पटक उनले टेलिभिजन अन्तर्वार्ता दिएका हुन्। एबिसी न्युजलाई विस्तृत अन्तर्वार्ता दिँदै कोमेले यस्तो बताएका हुन्। ‘मलाई लाग्दैन उनी राष्ट्रपतिका लागि चिकित्सकीय रुपमा अयोग्य छन्। मलाई लाग्छ, उनी नैतिक रुपमा राष्ट्रपति बन्न अयोग्य छन्,’ उनले अन्तर्वार्तामा भने। ‘जो महिलालाई मासुका टुक्राका रुपमा व्यवहार गर्छ, साना–ठूला सबै खाले कुरामा निरन्तर झुठो बोलिरहन्छ र अमेरिकी जनताले यसलाई पत्याउँछन् भनेर दाबी गर्छ, त्यस्तो मान्छे नैतिक आधारमा अमेरिकाको राष्ट्रपति बन्न अयोग्य छन्,’ उनले थपे।

कोमेको संस्मरणात्मक पुस्तक ‘हाइयर लोयल्टीः ट्रुथ, लाइज एन्ड लिडरसिप’ मंगलबार प्रकाशित हुँदैछ। यद्यपि पुस्तकमा उल्लेखित विस्फोट खुलासा मिडिया रिपोर्टमार्फत् खुलासा भइसकेका छन्। पुस्तकमा कोमेले ट्रम्पको राष्ट्रपतिको कार्यकाललाई ‘जंगलको डढेलो’ सँग तुलना गरेको बताइएको छ। ट्रम्पले भने कोमेले झुठो बोलेको आरोप लगाएका छन्। एजेन्सी

Related posts

Leave a Comment