राजपाका सांसदले भने सास फेर्न पनि नागरिकता चाहिन्छ ?

राजपाका सांसद प्रमोद शाहले नेपालमा सास फेर्न पनि नागरिकता चाहिने भन्दै सरकारको आलोचना गरेका छन्। उनले तराई मुलका केही व्यक्तिहरूले अहिलेसम्म पनि नागरिकता नपाएको तर राज्यले हरेक ठाउँमा नागरिकता खोज्ने गरेको बताएका छन्। संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

शाहले २०६३ सालमा नागरिकता पाएको व्यक्तिको सन्तानले अहिलेसम्म नागरिकता नपाएको उनले बताए। त्यो बेला १५ वर्षको भएको युवाले अहिलेसम्म नागरिकता पाएको छैन, त्यसको अवस्था अहिले के होला,’ उनले भने, सचिव स्तरीय बैठकले त्यो नागरिकता ब्रेक गरेको छ।’ बाबुको जन्मको आधारमा नागरिकता भएपनि छोराछोरीले नागरिकता नपाएको उनले बताए।

Related posts

Leave a Comment