राष्ट्रपतिका लागि रुसमा चुनाव सुरु, यस्तो छ आँकलन

रुसमा राष्ट्रपति चुनावको लागि मतदान सुरु भएको छ । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित आठजना उम्मेद्वार छन् ।  रुसको सुदूरपूर्वी क्षेत्रमा मतदान सुरु भएको ९ घण्टापछि मात्रै मस्कोमा मतदान सुरु भएको बीबीसीले जनाएको छ । राष्ट्रपतिको चुनावमा मतदान गर्ने मतपत्रमा आठैजना उम्मेदवारको नाम वर्णानुक्रम अनुसार राखिएको छ । वर्तमान राष्ट्रपति पुटिन तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।  यो चुनावमा विजयी हुने व्यक्ति ६ वर्षका लागि राष्ट्रपति बन्नेछ ।

निर्वाचनअघि गरिएको प्री भोटिङमा पुटिनको जित पक्का छ । ७० प्रतिशत भोटसहित पुटिनको पुनः सत्तारोहण हुने सर्भेले देखाएको छ । यो निर्वाचनमा पुटिनले जिते राष्ट्रपतिमा उनको चौथो कार्यकाल हुनेछ । सन् १९९९ मा आफ्ना गुरु बोरिस यल्तसिन पदबाट हटेपछि पुटिन कार्यकारी राष्ट्रपति बनेका थिए । यद्यपि एक वर्षपछि नै उनले पहिलो पटक राष्ट्रपति पदका लागि चुनाव लडे र ५३ प्रतिशत भोट ल्याउँदै चुनाव जिते । जोसेफ स्टालिनपछि पुटिन नै हुन् रुसमा सबैभन्दा लामो समयसम्म राज गर्ने नेता । उनी रुसमा सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।

Related posts

Leave a Comment