प्रहरीको लौरीले युवतिको फुट्यो आँखा

प्रहरीको लौरी लागेर विरगञ्जको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी किसोरीको आँखा फुटेको छ । फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’ वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भुटनदेवी मन्दिरका पुजारी भूषण पासवान दासले भने, ‘प्रहरीले नै यस्तो गल्ती गरेपछि कहाँ जाने न्याय माग्न ?

मन्दिरमा लागुऔषध गाँजा सेवन गरिरहेका युवालाई हिर्काउन झटारो हान्दा दासकी छोरी मुनिको आँखा फुटेको छ । इलाका प्रहरी कार्यालय नगवामा कार्यरत प्रहरी जवान दीपेन्द्र झाले लागुऔषध सेवन गरिरहेकालाई हानेको लठ्ठी लागेर मुनिको बायाँ आँखामा गम्भीर चोट लागेको छ । घटनापछि प्रहरी जवान फरार भएका थिए ।

मुनिलाई नारायणी उपक्षेत्रीय अस्पताल लगिएकमा अवस्था गम्भीर भएपछि परवानीपुरस्थित केडिया आँखा अस्पतालमा उपचार भइरहेको छ । लठ्ठी प्रहारबाट बायाँ आँखाको ज्योति गुमेको र आँखा नझिक्न अप्रेसन गर्नुपर्ने केडिया आँखा अस्पतालका उत्तम कर्णले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले अन्जानबस अरूलाई चलाएको लठ्ठी गाईगोठमा बसेकी किशोरीलाई लाग्न पुगेको गल्ती स्वीकारे ।

Related posts

Leave a Comment