परराष्ट्रमन्त्री ज्ञवाली चिन जादै, यी विषयमा हुनेछ छलफल

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार राती चीन भ्रमणमा जादै छन् । चीनका विदेशमन्त्री वाङ चीको निमन्त्रणमा उनी बेइजिङ जान लागेका हुन् । चिन भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले देउवा सरकारले गरेका निर्णय के गर्ने भन्ने विषय टुंगो नलागेकोले आफ्नो भ्रमणका बारेमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने जानकारी दिए । परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले बुढीगण्डकीको बारेमा छलफल नभए पनि तातोपानी नाका खुलाउने विषयमा भने कुरा हुने र छिटै नै प्रगति हुने विश्वास व्यक्त गरे ।
भ्रमणका क्रममा नेपालको बिजुली चीन निर्यात र चीनको बिजुली नेपाल आयातको लागि नेपालले भन्दै आएको क्रस बोर्डर ट्रान्समिटरलाइन अर्थात अन्तरदेशीय प्रशारण लाइनको बारेमा चिनियाँ समकक्षीसँग आफूले कुरा गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
गएका वर्षहरुमा भएका सम्झौता कार्यान्वयनको लागि चीनले चासो देखाएको तर नेपालले नै त्यस्ता खालका परियोजना छनौट गर्न नसकेको पनि परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । नेपालले कनेन्टिभिटी र पूर्वाधारको लागि चीनबाट धेरै फाइदा लिन सक्ने भएकाले ठूला परियोजना हामीले अध्ययन गरेर चीनसँग सहकार्य गर्नुपर्ने पनि ज्ञवालीले बताए । चीनको प्राथमिकता पुराना सम्झौता कार्यान्वयन र नयाँ सम्झौता नै रहेको उनको भनाई छ ।
भूकम्पपछिको पुनर्निर्माणको लागि चीनले दिने भनेको ३ बिलियन आरएमबी मध्ये २ बिलियन बराबरको सम्झौता भइसकेको र १ बिलियन यसै वर्ष्भित्र सम्झौता हुने पनि उनले जानकारी दिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भ्रमणका विषयमा चीनका राष्ट्रपती सि जिङ पिङको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल हुने जानकारी पनि दिए ।

Related posts

Leave a Comment