प्रधानाध्यापक चौधरीलाई २० लाख अनियमिताको आरोपमा कारवाहीको माग

अनिल पोखरेल सप्तरी ।
सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको राष्ट्रिय माध्यमिक विद्यालयकी प्रधानाध्यापक राजेश्वरी चौधरीले विद्यालयको रकम अनियमितता गरेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समिति र वडाध्यक्षले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् । जिल्ला शिक्षा समन्वय इकाई, इलाका प्रशासन कार्यालय र कञ्चनरुप नगरपालिकामा लिखित उजुरी दिँदै व्यवस्थापन समितिले प्रअ चौधरीमाथि कारबाही माग गरेको छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसियाराम मण्डल, वडाध्यक्ष सत्यनारायण साह र शिक्षक अभिभावक संघका अध्यक्ष हरिनारायण यादवले हस्ताक्षर गरी प्रअ चौधरीमाथि कारबाही माग्दै निवेदन दर्ता गराएका हुन् ।
प्रअ चौधरीले २०७२ साल कात्तिक १ गतेदेखि नै विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अनियमितासमितिको समितिका अध्यक्ष मण्डलले आरोप लगाए । प्रअ चौधरीले २०७२ सालदेखि हालसम्म छात्रवृत्ति शीर्षकमा आएको ४ लाख १७ हजार रुपैयाँ, कम्प्युटर खरिदकामा २ लाख ९० हजार रुपैयाँ, पुस्तकालय व्यवस्थापनमा,७ लाख ४८ हजार, दुई शैक्षिक शत्रको पाठयपुस्तकमा ३ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ र २०७२ सालदेखि हालसम्म विद्यालयको नाममा रहेको खेतको उब्जनी वापतको अन्नपात , वोट विरुवा स्थानान्तर प्रमाण पत्र (सर्टि्फिकेट) लगायतबाट प्राप्त रकम समेत हिनामिना गरेको आरोप लगाइएको छ ।
व्यवस्थापन समितिले पटक–पटक प्रअ चौधरीसित हरहिसाब माग गरे पनि उनले नदिएको, ०७४ साल चैत १७ गते को व्यवस्थापन समितिको बैठकले आर्थिक आय–व्ययको लिखित जानकारी दिन सातदिने म्याद दिए पनि अटेर गरेको अध्यक्ष जयसियाराम मण्डलले बताए । प्रअ चौधरीले हिनामिना गरेको रकम असुलउपर गराई तत्कालका लागि विद्यालयको खाता समेत रोक्का गरिदिन निवेदनमा माग गरिएको छ ।
उनले आफूखुशी विद्यालयको रकम चलाउन थालेपछि गत वैशाख ८ गते भएको व्यवस्थापन समितिको बैठकले उनीमाथि छानबिन र कारबाहीका लागि अगाडि बढने निर्णय गरेको थियो । प्रधानाध्यापक चौधरीले आफूले अनियमितता नगरेको दाबी गरिन् ।

Related posts

Leave a Comment