राजधानी हेटौंडाबाट दाँयाबायाँ सर्दैन ढुक्क हुनुस्: प्रचण्ड

प्रदेश ३ को राजधानीका विषयमा विभिन्न टिप्पणी भईरहेका बेला माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा पुगेर ३ नं प्रदेशको राजधानी हेटौंडाबाट दायाँबायाँ नसर्ने दाबी गरेका छन् । हेटौंडा स्थित गोरक्षश्वर धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजधानीको लागि हेटौंडा नै उपयुक्त भएको र हेटौंडेलीलाई ढुक्क हुन आग्रह गरेका हुन् । आगामी वैशाख १ गतेबाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनले धर्मलाई सम्मान गर्ने राजनीतिक संस्कार भएको उल्लेख गर्दै आफू कुनै पनि धर्मविरोधी नभएको बताए ।

धार्मिक पर्यटनका लागि गोरक्षश्वरलाई सरकारले सहयोग गर्नेसमेत बताए । अध्यक्ष दाहाल हेटौंडा उपमहानगरपालिका ४ का पूर्ववडाध्यक्ष एवं माओवादी कार्यकर्ता रामकृष्ण श्रेष्ठको अवस्था बुझ्न मंगलबार अपरान्ह हेटौंडा अस्पताल पुगेका थिए ।

Related posts

Leave a Comment