किन डिलेट भयो पत्रकारले विमानस्थलमा भेटेको एक्सक्लुसिभ भिडियो ? अनुसन्धान गर्ने कसले ?

राजकुमार विष्ट ।

गत बिहीबार रिपोर्टिङको क्रममा विमानस्थल पुगेका टिभी अन्नपूर्ण का ५ जना पत्रकार ६ घण्टा विमानस्थल प्रशासनको नियन्त्रण परे । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको अनुमति र निमित्त सुरक्षा प्रमुख एसएसपी देव बहादुर वोगटीलाई जानकारी गराएर सुरु भएको समाचार सङ्कलनमा केही कर्मचारीले हस्तक्षेप गरेको घटनाको अहिले सर्वत्र निन्दा भएको छ । त्यसो त विमानस्थल हुदैं भित्रिएको सुन काण्डले देश तातेको बेला, अर्को विमानस्थलकै कर्मचारी तस्करीको अनुसन्धानमा पक्राउ पर्नुले विमानस्थलका कर्मचारीको तस्करीमा संलग्नताक विषय छिप्ने ठाउँ छैन । यसमाथि तस्करी हुँदै गरेको सूचनाका आधारमा एक्सक्लुसिभ भिडियो खिच्ने मिसन बोकेर छिरेका पत्रकारलाई नियन्त्रणमा लिएर तस्करीको बाटो सहज गरिदिनाले कर्मचारीमाथि यसअघि लाग्दै आएको आरोपलाई थप बल पुगेको छ । बिहीबार दिउँसो ३.४० बजे दुबईबाट आउँदै गरेको एफ जेड 571 विमानमा सुन तस्करी हुदैं गरेको गोप्य सूचनाको फलो गदै विमानस्थल पुगेका पत्रकारलाई एक सामान्य कर्मचारीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेकी थिइन । झन्डै १ घण्टा पार्किङका यस्ता दृश्य खिच्दा मौन बसेको विमानस्थलको प्रहरी र कर्मचारी प्रशासन जब कर्मचारीकै अनिमितताको आशङ्कामा क्यामेरा तेस्रियो तब आक्रोशित बनेको थियो ।

केही सयमदेखी प्रहरी र ट्याक्सीवालाको यो दृश्य खिच्दा दर्शक बनेकी उनै कर्मचारीमार्फत प्रहरी हवल्दारले केही सामान बाहिर निकालेको आशङ्कामा पत्रकारले महिलामार्फत तपाईँले ट्याक्सीवालालाई के दिनुभयो भन्ने प्रश्न राख्दा विमानस्थल रणभूमिजस्तै बनाइएको थियो । विमानस्थलकी डियूटी अफिसरका रूपमा कार्यरत सुनिता भारद्धाजले खिचिएको भिडियो डिलेट नभए  जाँगिर छाडिदिने,आत्महत्या गर्ने, तथा आफ्ना पतिलाई लगाएर भिडियो खिच्ने पत्रकार खत्तम पारिदिनेसम्मको धम्की दिएपछि विमानस्थलमा कार्यरत सुरक्षाकर्मीले क्यामेरामा कैद भिडियो डिलेट गराएका छन् । विमानस्थलको पार्किङमा बसेर भिडियो खिच्न तथा समाचार सङ्कलनका लागी महाप्रबन्धक क्षेत्री र निमित्त सुरक्षाप्रमुख एसएसपी बोगटीले अनुमति दिएपछि पुगेका पत्रकारले अन्य दृश्य खिच्नेबेलासम्म मौन बसेका कर्मचारी क्यामेरा आफैतिर फर्किएपछि अनुमति नलिएर संवेदनशील क्षेत्रमा भिडियो खिचेको सम्म भन्न भ्याए । भिडियोमा कैद भएका हवल्दारले सुरक्षा अधिकृतलाई जानाकारी नदिएर सामान बाहिरिएलगत्तै निस्कने तरखरमा रहेकी महिला कर्मचारीलाई भिडियो खिचेको जानकारी गराएका थिए । ती महिलाकर्मचारीले यसरी खिचेको भिडियो डिलेट नगरेसम्म नछाड्न बरु समातेर उनी भएका ठाउँमा ल्याएने आदेश दिएकी थिइन । उनकै आदेशमा प्रहरीले सञ्चारकर्मीका क्यामेरा, मोबाइल, प्रेस कार्डसहित नियन्त्रणमा लिएर भारद्धाजलाई बुझाएको थियो ।

तर विमानस्थल प्रशासनको अनुमतिमा समाचार सङ्कलन गर्न गएको राम्रैसँग बुझेकी उनले आफ्नो भिडियो डिलेट नभएसम्म पत्रकारलाई थुनामा राख्ने भन्दै सम्पूर्ण शक्ति पत्रकारविरुद्ध प्रयोग गरेर भिडियो डिलेट गराउन सफल भएकी थिइन । डियूटी सकेर कर्मचारी पोशक समेत फुकालीसकेकी उनले बाहिर निस्किएको सामानको भिडियो पत्रकारले कैद गरेको थाहा पाएपछि विमानस्थलभित्र आफ्नो अनुमति बाहेक अरू कसैको अनुमतिले भिडियो खिच्न नमिल्ने भन्दै पत्रकारसँग यसरी खनिन । लगातार ६ घण्टासम्म नियन्त्रणमा लिएर सञ्चारकर्मीको क्यामेरामा कैद भिडियो डिलेट गराएकोमा नेपाल पत्रकार महासंग लगायत विभिन्न श्रमजीवी पत्रकारका संघसंगठनले यसको घोर भत्सर्ना गरेका छन् । स्वतन्त्र समाचार सङ्कलन गर्न पाउने पत्रकारको अधिकारलाई बिर्सिएर आफ्नो अनियमितताको भिडियो कैद गरेको आक्रोश पोख्न पत्रकारलाई लगातार ६ घण्टा नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको महासङ्घले जनाएको छ । महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारले क्यामेरामा कैद गरिसकेको भिडियोसमेत डिलेट गराएकोप्रति आफ्नो गम्भीर ध्यानआर्कषण भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न समेत माग गरेको छ । उता समाचार सङ्कलनका लागी जानुपूर्व टिभी अन्नपूर्ण प्रशासनले पार्किङ क्षेत्रको भिडियो सङ्कलनको अनुमति माग्दा सहमति जनाएका महाप्रबन्धक क्षेत्रीले समेत यो घटनाको निन्दा गरेका छन् । बिहीबार एक महिला कर्मचारीका कारण सिङ्गो विमानस्थल रणभूमि बनाइएपछि यसको वास्तविकता बुझ्न शुक्रवार पत्रकार र सम्बन्धित महिला कर्मचारीलाई बोलाएर घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्ने जानकारी दिएका छन् । विभागीय मन्त्रालय नागरिक उड्यन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले समेत यो घटनाप्रति ध्यानआर्कषण भएको बताएका छन् । अनुसन्धानमा रहेको ३८ क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलकै कर्मचारीको संलग्नता देखिएका बेला पत्रकारले कैद गरेको भिडियो जवरजस्त डिलेट गराउने कार्यले थप आशङ्का उब्जिने मन्त्री अधिकारीको भनाई छ । यसको तत्काल छानबिन थाल्ने समेत अधिकारीको भनाई छ ।

भिडियो अनुसन्धानसम्म पुग्न नदिनुभित्रको रहस्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजारौँ मानिसहरू ओहोरदोहोर गर्दछन् । विदेश जाने र आउनेले गेटैदेखी विमान प्रवेश गरुन्जेल फोटो भिडियो खिच्ने र यसलाई सामाजिक सञ्जालमा अपलोड गरेका हुन्छन् । केहीले त विमानस्थलको भित्र भन्सारपासदेखी अध्यागमनको फोटो भिडियोसमेत निर्वाध खिचिरहेका हुन्छन् । दैनिकजसो कोही न कोही महत्त्वपूर्ण व्यक्ति आउने जाने क्रममा पुग्ने पत्रकारलाई भिडियो फोटो खिच्न पनि खास समस्या छैन । तर जब विमानस्थलका कर्मचारीमा गतिविधिमा क्यामेरा तेर्सिन्छ तब पुरै शक्ति लगाएर त्यो भिडियो डिलेट गर्न खोज्नुले कर्मचारीमाथि थप आशङ्का उब्जाउछ । बिहीबार पनि यस्तै घटना भएको छ । लगातार एक घण्टासम्म पत्रकारले पार्किङको भिडियोखिचे सुरक्षाकर्मी र कर्मचारी मौन थिए । तर जब कर्मचारी र सुरक्षाकर्मीको गतिविधिमा क्यामेरा तेर्सियो यसले बबण्डर मच्चायो । आम जनताको सेवा गर्न सार्वजनिक पदमा तलब खाएर बसेकी एक कर्मचारीको गतिविधि मिडियामा जाँदा आत्महत्या गर्नुपर्ने, जाँगिर छाड्नुपर्ने वा यो सार्वजनिक गरे गुन्डा लगाएर खत्तम पार्ने धम्की दिनुका पछाडि के छ ? यसले भारद्धाजको गतिविधिमाथि मिडियाले प्रश्न उठाउने प्रशस्त ठाउँ छ । मानौँ मिडियाले उहाँहरूको गतिविधि खिचेर ठुलै अपराध गयf]{  तर यो भिडियोमाथि अनुसन्धान हुन नदिनुका पछाडि के लुकेको छ । डिउटी अफिसर भारद्धाजसँगै केही कर्मचारी सुरक्षाकर्मीका अधिकृत समेतले अनुसन्धान हुनुपर्ने पत्रकारको मागलाई किन दबाउन खोजे ? पत्रकारले राखेको सिआईबी, गृह मन्त्रालय र पत्रकार महासङ्घको रोहोबरमा प्ले गरेर डिलेट गर्ने प्रस्तावलाई किन अस्वीकार गरियो ।

 

घटनाको जानकारी महाप्रबन्धकलाई दिन निषेध ।

बिहीबार बिहानै टिभी अन्नपूर्णले विमानस्थलको भिडियो खिच्ने र महाप्रबन्धकको धारणा माग्ने अनुमतिका लागी त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई फोन गरेको थियो । दिउँसो केन्द्रीय कार्यालयमा बैठक भएकाले हामीले मागेको २ बजेदखी ४ बजेको अवधिमा विमानस्थलमा नरहने जानकारी दिएका क्षेत्रीले पार्किङको भिडियो खिच्न भने कुर्नै समस्या नभएको बताएका थिए । हामी विमानस्थल पुग्दा केन्द्रीय कार्यालयमा बैठकका लागी निस्किसकेका क्षेत्रीलाई विमानस्थलको भिडियो खिचेपछि केन्द्रीय कार्यालयमै पुगेर धारणा बुझ्ने योजना थियो । विमानस्थलको पार्किङको भिडियो खिच्दा निर्वाद हेरिरहेका प्रहरी र कर्मचारी जब क्यामेरा भारद्धाज र एक प्रहरी हवल्दारको गतिविधिमा केन्द्रित भयो तब जहाजै डुबे जसरी अतालिए । भिडियो बाहिरिए चौपट हुने भन्दै सञ्चारकर्मीमाथि खनिएकी ड्युटी अफिसर सुनिता भारद्धाजले हामीलाई ६ घण्टा नियन्त्रणमा राखेको र क्यामेरामा कैद भएको एक्सक्लुसिभ भिडियो देखाउने व्यवस्था गर्दासमेत यो विषय क्षेत्रीको नभई मेरो विषय भएकाले हुदैंन भन्दै हामीलाई धम्काएकी थिइन ।

विज्ञप्ति निकालेर भारद्धाजले आफ्नो कर्तुत लुकाउन खोजिन्

डियूटी अफिसर सुनिता भारद्धाजले कुर्चिको दुरुपयोग गरी पत्रकारले कैद गरेको आफ्नो अनिमितताको भिडियो डिलेट गराएको विषय सार्वजनिक भएपछि नक्कली विज्ञप्ति निकालेर अनुसन्धानलाई प्रभाव पार्न खोजेकी छन् । भारद्धाजले सञ्चारमाध्ययममा प्रसारण भएका समाचार गलत भएको भन्दै खण्डन गरेकी छन् । तर प्रकाशित गरेको यो नक्कली विज्ञप्तिबारे न विमानस्थलका प्रमुखलाई थाहा छ नत प्राधिरकरणका प्रमुखलाई । नागरिक उड्डयन प्राधिकरणको हवला दिँदै निकालेको विज्ञप्तिमा न त विषय उल्लेख छ । न त पत्र सङख्या नै उल्लेख गरिएको छ । बरु विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग अनुमति, बिदामा रहेका डिआईजी कमल जेटीसँग फोन सम्पर्क र  एसएसपी देव बहादुर बोगटीलाई जानकारी गराएर सुरु भएको समाचार सङ्कलनका क्रममा उनै कर्मचारीका गतिविधि माथि क्यामेरा तेस्रिएपछि अनुमति नै नमागी भिडियो खिचिएको   लाञ्छना लगाएर घटनालाई तोडमोड गरिएको छ । टिभी अन्नपूर्ण र विमानस्थलका प्रशासन तथा सुरक्षा प्रमुख, उपप्रमुख सँगको फोनसम्पर्कको रेकर्ड नेपाल टेलिकममार्फत झिकाएर समेत अनुसन्धान गर्न सकिने अवस्थामा यस्तो मनोगत तर्क गरेर आफ्नो कर्तुतलाई ढाकछोप पार्न खोजेको थप स्पष्ट हुन्छ ।

Related posts

Leave a Comment