छाडा पशुको सडकमा बिगबिगी, दुर्घटनाको जोखिम, महानगर मौन (भिडियो सहित )

विमल खड्का टिभी अन्नपूर्ण ,
उपत्यकाको सडकमा छोडिएका छाडा पशु चौपायाका कारण ट्राफ्रिक व्यवस्थापनमा समस्या आउने गरेको छ । पोखरा नारायणगढ हेटौडा लगायतका अन्य शहरमा भन्दा केन्द्रिय राजधानीको काठमांडौको सडकमा छाडा चौपायाको प्रभाव बढि देखिन्छ । यस्ता चौपयाका कारण काठमाडांैमा सडकमा दुर्घटनाको जोखिम मात्रै होईन सडक दुर्गन्धित समेत हुने गरेको छ । तीब्र गतिमा हुईकिने सवारीका बीचमै छिर्ने देखी सडकबीचमा आराम गर्ने चौपयाका कारण दैनिकजसो हुने दुर्घटनामा चालक र यात्रुले मात्रै ज्यान गुमाउनुपरेको छैन । सवारी ठक्करबाट मृत्यु हुने चौपयाका कारण सडक दुर्गन्धित हुने गरेका घटनासमेत प्रशस्त छन । यसबाहेक काठमाडांैको चक्रपथ तथा भित्री सडक वरिपरि यसरी खुलेयाम छाडिएका पशुचौपायाका कारण पैदल यात्रुले समेत सास्ती भोग्ने गरेका छन् । गल्ली गल्लीमा रहेका पशुचौपयाले मानिसलाई जुनकुनै बेला आक्रमण गर्ने त्रास समेत उत्तिकै छ ।  सडकमा जथाभावी हिडिरहेका पशुचौपयाले दिशा पिसाव तथा सडकमै उभिरहदाँ शहरलाई कुरुप बनाएको बताउछन् कोटेश्वरका रत्न बहादुर थापा तर महानगरपालिकाले यसरी सडकभर घुमिहिड्ने चौपायालाई व्यवस्थित गर्न नसकेको उनको गुनासो छ ।

छाडा पशुचौपयाका कारण हुनसक्ने दुर्घटनाको जोखिम सबैभन्दा बढि चक्रपथ अन्र्तगत बसुन्धारा,सितापाईला, गौशला,चावहिल सडकदेखी बानेश्वर, थापथली, पुल्चोक लगायत भित्री सडकमा छाडा चौपायाको बिगबिगी छ । यी क्षेत्रमा चल्ने सवारी चौपायाकै कारण दुर्घटनाको त्रासकाबीच जोखिमपूर्ण यात्रा गर्नुपर्ने नेपाल यातायातका चालक भीम लामाको अनुभव छ ।
त्यसो त दैनिकजसो बढ्दो ट्राफिक चापकाबीचको ट्राफ्रिक व्यवस्थापनको चुनौती खेपिरहेको ट्राफ्रिक प्रहरीका लागी समेत छाडा पशुचौपायाको समस्याले टाउको दुःखाईको बिषय बनाएको छ । तर यसको नियन्त्रणका लागी आफुसँग आवस्याक पूर्वाधार नभएकै कारण यो सास्तीको शिकार बन्नुपरेको महानगरिय ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताउछन् ।
तर छाडा चौपायाको समस्या लामो समयदेखी नियन्त्रण गर्न खोजेपनि ट्राफ्रिक प्रहरीको एक्लो प्रयासले सम्भव नभएको मरासिनीको भनाई छ ।
छाडा चौपायाको समस्या ट्राफ्रिक प्रहरी, महानगरपालिका, सवारी चालक, पैदलयात्रुसँगै, सम्बन्धित क्षेत्रका स्थानीय र व्यापारीको साझा समस्या भएकाले महानगरपालिकाको संयोजनमा साझा पहल हुनुपर्ने उनको तर्क छ । तर काठमाण्डौ महानगरपालिका भने यो समस्या समाधानको संयोजनका लागी समेत तयार देखिदैन् । बरु सवारी व्यवस्थापनको जिम्मा लिएको ट्राफ्रिक प्रहरीले यस्ता चौपायाको व्यवस्थापन गरिरहेका तर्क गर्दछन् मरासिनी ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार काठमाडौं भन्दा बाहिरी गाउँबाट महानगरभित्र ल्याएर छाड्ने गरेका चौपायाका कारण महानगरमा यस्तो समस्या देखिएको बताए । उनले भने यसको लागि महानगरले बिभिन्न चरणमा गदैं आएको काम प्रभावकारी नदेखिएकाले अब यसको दिर्घकालिन व्यवस्थापनको खोजी हुदैगरेको जानकारी दिए । सडकमा खुलेयाम छाडिएका पशुचौपयाहरुलाई व्यवस्थापन गर्न जग्गा किन्ने प्रक्रिया भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए । सडकमा खुलेयाम छाडिएका पशुचौपयाहरुलाई व्यवस्थापन गर्न जग्गा किन्ने प्रक्रिया भइरहेकाले छाडा चौपायाका कारण चालक,यात्रु,र स्थानीय व्यापारीले भोग्दै आएको सास्ती छिट्टै अन्त्य हुने प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

(भिडियो सहित )

 

Related posts

Leave a Comment