मन्त्री यादवको स्वास्थ्य अवस्था बुझन प्रचण्ड अस्पतालमा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे।अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिए । “सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौं, भएन भने विदेशका अस्पतालमा समेत उपचार गर्नुपर्ने हुन सक्छ”, प्रचण्डले भने । चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

Related posts

Leave a Comment