प्रहरीको क्यासिनोमा छापा, म्यानेजरसहित दुई पक्राउ

प्रहरीले काठमाडौं उपत्यकामा संचालित ७ वटा क्यासिनोमा छापा मारी दुईजनालाई पक्राउ गरेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले एक क्यासिनोका म्यानेजरसहित दुईजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेका तर कुनै परिचयपत्र नभएका नेपाली भाषा बोल्ने सेते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठ रहेको अपराध महाशाखाले जानकारी दिएको छ ।उनीहरुलाई जुवा ऐन अनुसार कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ । गैरकानुनी रुपमा नेपालीहरुलाई क्यासिनोमा प्रबेश गराइ जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

Related posts

Leave a Comment