पाकिस्तान एसिया कपको फाईनलमा प्रवेश

पाकिस्तान मलेसियामा जारी १९ वर्षमूनिको एसिया कपको फाईनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय ७४ रन बनाएको थियो । उसका लागि पिनाका घोषले ८२ तथा मोहम्मद सेफ हुसेनले ६१ रन बनाए ।

यस्तै आफिफ हुसेनले ५२ रन जोडे । जवाफमा पाकिस्तानले ३९ ओभरमा पाच विकेट गुमाउदै एक सय ९९ रन बनाउदा भारी बर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि अम्पायरले डक वर्थ लुइसको नियमका आधारमा पाकिस्तान दुई रनले विजयी हुदै फाइनलमा पुग्न सफल भयो ।

पाकिस्तानका लागी मोहम्मद थाहाले ९२ तथा साद खानले ३५ र रोहिल नाजिरले २६ रन बनाए । अब नेपाल र अफगानिस्तान विचको विजेताले उपाधिका लागि पाकिस्तानसंग खेल्नेछ ।

नेपाल भर्सेस अफगानिस्तान कस्ले ईतिहास बनाउँला ? यस्तो छ दुई देशको क्रिकेट ईतिहास

Related posts

Leave a Comment