पाकिस्तानी सेनाध्यक्ष द्वारा राष्ट्रपति , कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता

नेपाल भ्रमणमा रहेका पाकिस्तानी सुरक्षा फौज प्रमुखहरूका अध्यक्ष (प्रमुख सेनाध्यक्ष)जुबेइर मोहम्मद हायातले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । सोमबार काठमाडौं आएका उनले मंगलबारै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा द्विपक्षीय वार्तासमेत गरेका छन् ।प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका कारण उनीसँग सेनाध्यक्ष हायातको भेट भएन । पाँच दिनका लागि आएका सेनाध्यक्ष हायात बुधबार पोखरा भ्रमणमा जान लागेका छन् । बुधबार पोखरा गएर बिहीबार काठमाडौं फर्किने र मौसमले साथ दिए उनलाई माउन्टेन फ्लाइटमा लैजाने सेनाको तयारी छ ।सेनाध्यक्ष हायातले पाकिस्तान सरकारका तर्फबाट प्रधानसेनापति क्षत्रीलाई प्रदान गरिएको निशान–ए–इम्तियाज (मिलिटरी) हस्तान्तरण गरेका छन् । पाकिस्तानले सम्मानस्वरूप विशिष्ट व्यक्तित्वहरूलाई यस्तो अवार्ड दिने गरेको छ । प्रधानसेनापति क्षत्री यसअघि पाकिस्तान भ्रमणमा जाँदा विभिन्न कारणले उक्त अवार्ड सम्भव नभएको भन्दै अहिले सेनाध्यक्ष हायातले हस्तान्तरण गरेका थिए ।

Related posts

Leave a Comment