अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय चर्चको एउटा समारोहको सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

गोली लागि दुईजनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको बताइएको छ।गोली चलाउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पाकिस्तानमा क्रिश्चियनमाथि भएको एकै महिनाको यो द्रोस्रो घटना हो, यस अघि क्वेटामै आफन्त भेट्न गएका ४ जनाको गोली हानी हत्या भएको थियो।

Related posts

Leave a Comment