अनलाईनबाटै जागिर र कर्मचारी खोज्न सकिन्छ, यसरी !

काठमाडौं। अब अनलाईनबाटै जागिर र कर्मचारी खोज्न सकिने भएको छ ।

आवरजवडेस्क डटकम नामको कम्पनीले सित्तैमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको छ

कम्पनीले विज्ञप्ती निकाल्दै भनेको छ ‘कुनै कम्पनीलाई कामदार चाहिए उसले सिधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्न सक्छ, कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, सबैतिर पैसा नतिरी विज्ञापन गर्न नपाउने अबस्थामा हामीले सित्तैमा सेवा दिन थालेका छौं।’

कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजागारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन्।

कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो ब्यक्तिगत विवरण (बायोडाटा) बनाएर राख्ने सुविधा वेवसाइटमा दिएको छ। जवडेस्कले सित्तैमा इन्टर्नसिप गर्न चाहनेहरुलाई समेत अबसर उपलब्ध गराउने निर्देशक आचार्यले जानकारी दिए। यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक संजालमा सेयर गर्न सकिन्छ।

कम्पनीसम्बन्धी कुनै जानकारी चाहिए वेवसाइटमा लाइभ च्याटको सुविधासमेत छ।

Related posts

Leave a Comment