ओलीलाई आफ्नै पार्टीबाट डर

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ओलीको उचाई पछिल्लो समय ह्वात्तै बढेको छ । उनका मीठा र लोभलाग्दा योजनाका साथै पछिल्लो समय उनले लिएका अडानले साँच्चिकै कसैलाई चिढाएपनि अधिकांशको मन भने जितेका छन् । चुनाव राजनीतिक दलप्रति जनताको धारणा प्रकट गर्ने ठाउँ पनि हो । चुनावी नतिजाका आधारमा विश्लेषण गर्दा ओली सर्वसम्मत नभएपनि धेरैको रोजाईमा परेका छन् । त्यसो त उनले नेतृत्व गरेको पार्टी एमालेले मधेशी समुदायको बाहुल्यता भएको क्षेत्रमा निकै लज्जाजनक मत पाउँनु । तर पनि लोकतन्त्र भनेको बहुजनको शासन हो । जसका आधारमा हेर्दा उनलाई धेरैको समर्थन कमको विरोध देखिन्छ । मधेशवादी भनिएका दलहरुको प्रचारवादी तथा उनीहरुका मागमा देखाएको आपत्तिले ओलीलाई मधेशविरोधि नेताको रुपमा पनि प्रचारित गरियो । जसका कारण मधेशी जनतापनि उनीप्रति नकरात्मक धारणा बनाए ।

वास्तवमा जनता जनार्दन भनिएपनि उनीहरु पनि राजनीतिक दलका प्रचार र धारणाका आधारमा आफ्ना धारणा बनाउँछन् र सोही अनुसार आफ्नो मत प्रकट गर्दछन् । एकपटक विश्वास गरेकाहरुले विश्वासघात गरेपछि उनीहरुलाई फेरी  तह लगाउन पनि जानेका हुन्छन् । केपी ओली प्रधानमन्त्री भइसकेपछि या चुनावपछिको उनको व्यवहार र सोचमा समेत परिवर्तन भएको र पछिल्लो समय उनले देशलाई निकास दिन चाहेको कुरा स्वयं मधेशवादी दलले पनि बताइरहेका छन् । । भन्ने कुरा पछिल्लो समयका उनका व्यवहारले प्रष्ट हुन्छ । वास्तवमा केपी ओली काम कम र कुरा बढी गर्ने भनेर प्रचार गरिएपनि उनले आफूले बोलेका कुरा हरहालतमा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याईरहेका छन् । र जनतामा पनि ओलीप्रति केही भरोसा छ ।

विगतमा गुटको संरक्षकका रुपमा चिनिँदै आएका ओलीले अहिले मन्त्रालय बाँडफाटमा पनि विगतमा काम गरेर छवि उचो बनाएकाहरुलाई अवसर दिएका छन् । जसले चौतर्फी रुपमा प्रशंसा पाएको छ । बरु पार्टीभित्रकै कैयौँ नेताहरु भने असन्तुष्ट बनेका छन् । केपी ओलीको खोइरो खन्ने मधेशकेन्द्रित दलका नेताहरु पनि उनीप्रति केही विश्वस्त बनेको देखिएको छ । यसले ओलीले देशको लागि केही गर्न खोजेको स्पष्ट हुन्छ । मन्त्रीहरुलाई दिएको निर्देशन पनि उनको सराहनीय छ । अब उनका प्रतिबद्धताहरु कत्तिको सही साबित हुन्छन् त्यो त पछिल्ला दिनहरुले पनि बताउनलान् । तर एमालेभित्रका कतिपय नेताहरुको असहयोगको शिकार बन्ने डर उनलाई उत्तिकै छ । सत्ताभागन्डामा असन्तोष बनेका नेताले ओलीविरुद्ध विष ओकल्ने संभावना पनि जीवितै छ ।

आशा गरौँ कसैबाट पनि त्यस्तो कुकर्म नहोस् । सबैलाई मिलाएर उनले काम गरेभने पक्कै पनि उनले जस लिने ठूलो अवसर पनि हो ।  ओलीले नयाँ जाँगर र उत्साह लिएर काम नगर्ने हो भने बिदा भए हुन्छ भन्ने निर्देशन दिएका थिए ।  ओलीले ‘जनताप्रतिको प्रतिवद्धता नदेखिने साथीहरु हुनुहुन्छ भने अब त्यसरी चल्दैन घर फर्किनु्स्’ भनेर आदेश दिएको पनि सहभागी मन्त्रीले बताए ।  ओलीले भ्रष्टाचार गर्नेलाई नछाड्ने चेतावनी पनि दिएका छन् । यदि आदेश लागेर हुने भए पहिलो पटक कुनै पनि प्रधानमन्त्रीले यसरी सामुहिक रुपमा राखेर कार्वाही गर्ने चेतावनी दिनुले त्रास छाएको छ ।  इमानदार हौसिएका छन् भने बेइमान गर्न बानी परेकाहरु हतोत्साही भएका छन् ।

एमालेका एकजना नेताका ( नाम नखुलाउने शर्तमा ) अनुसार ‘पैसाको बार्गेनिङ र लाइन मिलेको भए ईश्वर कमरेड (महासचिव ईश्वर पोखरेल) ले रक्षा मन्त्री खानु पर्दथ्यो र ? ईश्वर पोखरेलले १० वर्षपछि मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । उनले खोजेको अर्थ मन्त्रालय थियो । वाध्य भएर रक्षा मन्त्रालय खान पुगे । यी आरोप यदि सत्य भए ओलीले जनताप्रति गर्ने बेइमानी हो नत्र ओलीको सोँच साच्चै बदलिएको हो भने एमालेभित्रबाटै उनलाई असहयोग हुने निश्चित छ । असहयोग भएपनि उनी निडरताका साथ काम गर्न चाहे भने उनी अवश्य सफल हुनेछन् ।

 

Related posts

Leave a Comment