एसियाकै धनी व्यक्तिको सूचीमा अम्बानी नम्बर वन

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै एसियाकै धनी व्यक्ति बनेका छन्।  ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको ट्रेडिंग १.७ प्रतिशतले बढेको छ। यस वर्ष अम्बानीको कुल सम्पत्तीमा ४ अर्ब डलर बढेको छ। उता ज्याकको अलिबाबा समूहलाई यस वर्ष १.४ अर्ब घाटा भएको छ।

Related posts

Leave a Comment