राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए । पौड्यालका अनुसार २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी सकिनै जानकारी दिए ।

सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज (सोमबार) आयोगमा आयोजित एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए।

उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

Related posts

Leave a Comment