एनआईसी एशियाको घर घरमै बैकिङ सेवा, खाता खोल्नेले पाउनेछ १ सयको रिचार्ज कार्ड

एनआईसी एशिया बैंकले घरमै पुगेर बैंकिङ सेवा प्रदान गर्ने गरि प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ ।
यो खातामा मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिङ सर्भिस प्रदान गरिने बैंकले जनाएको छ ।

मुलुकभरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा छ ।

त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ सेवा डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

साथै मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिङ सर्भिस प्रदान गरिने बैंकले जनाएको छ ।

साथै एनआईसी एशियामा खाता खोलि मोबाइल बैंकिङ सेवा लिनेहरुका लागी एटिसी वा एनसेलमा १ सय बराबरको रिचार्ज कार्ड निशुल्क प्रदान गर्ने योजना बैंकले अघि सारेको छ । १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए। यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे पाण्डेले बताए ।

एनआइसीको मुलुकभर गरी १८४ शाखा छ । १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ ।

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ ।

साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भइसकेको छ ।

बैंकको वासलातको आकार १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १०४ अर्ब र कुलनिक्षेप करिब १२४ अर्ब छ ।

Related posts

Leave a Comment