नेप्से बढे पनि कारोबार बढेन

लगातार घटेको शेयर बजार आज बुधबार सामान्य अंकले बढेको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव १६ अंकले बढेर समग्र परिसूचक १३३८ दशमलव शून्य १ को बिन्दूमा पुगेको छ ।बुधबार २२ करोड २० लाख ५१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा धेरै भए पनि समग्रमा अन्य दिनको भन्दा अत्यान्तै न्यून हो । यस दिन वित्त र उत्पादन समूह बाहेका सबै समूहमा सुधार देखिएको छ । लगानीकर्ताको डिम्याट खाता अद्यावधिक गर्ने क्रम चलिरहेको र दुई सातापद्धि नयाँ बजेट आउने भएकाले बजेटमा कस्ता नीति समेटिन्छ भन्ने विषयमा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण कारोबार बढ्न सकेको छैन ।

Related posts

Leave a Comment