नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट LIVE

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र युएईबीचको खेल जारी रहेको छ ।

टस हारेर पहिले व्यािटङ गरेको नेपालले पहिलो सफलता हात पारेको छ । अस्फाक अहमद १९ रनमा आउट भए ।
७ ओभरको खेल खेल्दै ४२ रन बनाएको छ ।

यसअघि नेपालका लागी शरद भेशवाकरले सर्वाधिक ८१ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले ८३ बलको सामना गर्दै ५४ रन बनाए । कप्तान पारस खड्का र सोमपाल कामीले समान २०—२०, दिलिप नाथले १६, विनोद भण्डारीले ४ रन जोड्दा आरिफ सेख शुन्य रनमा आउट भएका थिए । त्यस्तै बसन्त रेग्मीले १४ रनको योगदान दिए ।

Related posts

Leave a Comment