नेपालको आर्थिक संकट चुलिंदै, आर्थिक वर्षको सात महिनामै बाहिरियो ६ खर्ब १० अर्ब

नेपाल दिनानुदिन आयातमुखी  मुलुक बन्दै गइरहेको छ । मुलुकमा आयात हुने संख्याको हिसाबले निर्यात हुने दैनिक उपभोग्य र विलासिताका कारण व्यपार घाटा महिनै पिच्छे बढ्दै जाँदा नेपाल आयातमुखी मुलुक बन्दै गएको हो । आर्थिक वर्ष २०७३ र ७४ को सात महिनामै ६ खर्ब १० अर्ब रुपैया  घाटा नेपालले सहनु   परेको छ । गत साउन देखी माघ सम्ममा नेपालले १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ७५ लाख ५१ हजार रुपैया बराबरको सामाग्री आयात गरियो भने ४७ अर्ब ६२ बरोड २१ लख ७८ हजार रुपैया बराबरको सामान मात्र निर्यात गरेको भन्सार विभागको भनाई छ । पछिल्लो समय निर्यात १३ प्रतिशतले बृद्धि भएको छ । भने आयात १८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासले सार्थकता पाउन नसको देखीन्छ ।स्वदेशी उत्पादन वृद्धि तथा प्रर्वधनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्षेनि व्यापार घाटा चुलिँदै गएको हो । सात महिनामा सबैभन्दा बढी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जा हुन् । ७० अर्ब ७ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरणसँग सम्बन्धित भित्रिएका छन् । ६२ अर्ब ९ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिल सामग्री आयात भएका छन् । करिब ५० अर्ब रुपैयाँ बराबरका सवारी साधन ल्याइएको छ । त्यस्तै विद्युतीय सामग्री ४५ अर्ब २६ करोड रुपैयाँको भित्रिएको छ । निर्यात प्रर्वधन  तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हँुदै गएको देखिन्छ । सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयास गरे पनि उपलब्धि हासिल हुन सकेको छैन । नेपालको तुलनात्मक लाभ रहेको भन्दै पछिल्ला समय १२ वस्तु तथा सेवा पहिचान पनि गरेको छ । आयात प्रतिस्थापनको प्रयास भइरहे पनि निर्भरता बढदै गएको विश्लेषकको भनाइ छ । वार्षिक विकास कार्यक्रम, बजेट, नीति तथा कार्यक्रम र अन्य सरोकारवाला मन्त्रालयले घाटा कम गर्ने उपाय भन्दै बर्षैपिच्छे  नयाँ–नयाँ कार्यक्रम सार्वजनिक गर्छन् । तर, ती कार्यक्रमको सम्भाव्यता, प्रभावकारिता र अनुगमन सधैं फितलो हुने गरेको छ । व्यापार घाटा कम गर्न भन्दै सरकारले व्यापार तथा निकासी प्रर्वधन  केन्द्र स्थापना गरे पनि यसको काम फितलो रहेको विश्लेषकले बताए । चालु वर्षको सात महिनामा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको हो । सात महिनामा भारतबाट ४ खर्ब ३२ अर्ब २९ करोड २८ लाख ३४ हजार रुपैयाँका सामग्री आयात भएका छन् । निर्यात २७ अर्ब १४ करोड ७८ लाख ८५ हजार रुपैयाँको मात्रै भएको छ । जसका कारण भारतसँग ४ खर्ब ५ अर्ब १४ करोड ४९ लाख रुपैयाँले व्यापार घाटा देखिएको हो । भारतपछि चीनसँग ८६ अर्ब ७९ करोड रुपैयाँले व्यापार घाटा छ । चीनबाट ८८ अर्ब ५६ करोड ५१ लाख ६३ हजार रुपैयाँका सामग्री आयात भएको छ । निर्यात भने १ अर्ब ७७ करोड ९ लाख रुपैयाँको मात्रै छ । चीनपछि व्यापार घाटा बढी हुने मुलुकमा इन्डोनेसिया, अर्जे्टिना, थाइल्यान्ड, भियतनाम, साउथ कोरिया, मलेसिया, फ्रान्स र जापानलगायत छन् । सात महिनामा १ सय ४२ मुलुकसँग नेपालले आयातरनिर्यातको कारोबार गरेको छ । यसमध्ये १ सय १६ मुलुकमा निर्यातभन्दा आयात बढी भएको छ । बाँकी मुलुकमा भने आयातभन्दा निर्यात बढी देखिन्छ । तर त्यस्तो निर्यात रकम निकै कम अंकमा छन् ।

Related posts

Leave a Comment