२६ जना नेपाली कामदार साउदीमा अलपत्र (भिडियो सहित)

सुन्दर सपना देखेर घरपरिवारमा खुसी ल्याउने भन्दै घरबारी बन्दगी राखेर विदेश हानीएका २६ जना नेपाली युवा साउदी अरेबियामा बिचल्लीमा परेका छन् । १७ मार्च २०१८ मा किचेन हेल्परको काम लगाइदिने भन्दै मोन्टेज मेनपावरले १ देखि १ लाख पचास हजारसम्म पैसा लिई विदेश उडेका थिए । मेनपावर कम्पनीले मनलाग्दी पैसा असुलेर विदेश पुगेका उनीहरु भनेबमोजिमको काम नपाएपछि अलपत्र परेका हुन् । साउदी अरेबियाको जिद्दा भन्ने ठाउँमा पुगेपछि उनीहरुलाई कन्सट्रकसनको काममा लगाइयो ।  कममा लागेको एक महिना पनि नबित्दै सप्लाएरकोमा पुग्दा उनीहरुको बास समेत खोसिएको छ । उनीहरु अहिले सडकमै बसिरहेका छन् । केहि दिनदेखि खान पाएका छैनन् भने बिरामी परेको हुँदा केहिको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । उनीहरुले आफुहरुलाई नेपाल फर्काइदिन आग्रह गरिरहेका छन् ।

 

Related posts

Leave a Comment