कांग्रेसमा देउवालाई एक्ल्याउन मोर्चाबन्दीको प्रयासमा यी तिन नेता

प्रादेशिक र प्रतिनिधि सभा चुनावमा बेहोरेको नराम्रो हारपछि कांग्रेसमा हारका विभिन्न कारणबारे चर्चा भईरहेको छ । हारको सबै जिम्मा नेतृत्व तहले लिनुपर्ने कुरा एक पक्षले उठाईरहेको छ भने खासगरि पार्टी सभापति देउवाले पराजयको जिम्मा नेतृत्वले मात्रै नलिने बताईरहेका छन् । यसै विषयमा तत्काल अरली महादिवेसन गर्नुपने माग पनि कतिपयको छ ।
चुनावी समीक्षाका लागि आहृवान गरिएको केन्द्रीय कार्यसमिति बैठक अघि रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवाहरुलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ।

१३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर तेस्रो धार बनाएपछि पौडेल र सिटौलाको सम्बन्ध राम्रो थिएन । एक नेता भन्छन्, ‘पछिल्लो समय पौडेल र सिटौलाबीच लगातार कुराकानी भइरहेको छ ।’

यसको पहल आम चुनावपछि देउवा समूह छाडेका नेता अर्जुन नरसिंह केसीले गरेका हुन् । उनी १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

तर, अहिले उनकै पहलमा देउवा समूह इतरका नेताहरु एकीकृत गर्ने प्रयास भइरहेको छ ।

स्रोतका अनुसार सुरुमा उनले रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसपछि तीन नेताको संयुक्त छलफल भयो । पछिल्लो पटक यसमा शेखर कोइराला, प्रकाशमान सिंह थपिएका छन् ।

विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको माग राख्दै आएको गगन थापा, प्रदीप पौडेलहरुको समूहलाई पनि समावेश गर्ने प्रयास नेताहरुको छ ।
६ भाइ’का तीन सदस्य पहिलादेखि नै पौडेल समूहका हुन् । गगन र प्रदीप पौडेललाई सिटौला निकट मानिन्छ भने चन्द्र भण्डारी देउवा समूह छाडेका नेता हुन् ।

कांग्रेसभित्र शुद्धीकरण अभियान चलाएका नवीन्द्रराज जोशी लगायतलाई पनि एकै ठाउँमा ल्याउने पहल भइरहेको एक नेताले जानकारी दिए ।

देउवा समूहका नेताहरु पार्टी नेतृत्वमा देउवाको विकल्प खोज्नुपर्छ भन्नेमा सहमत छन् । तर, एउटै गुट बनिहाल्ने अवस्था देखिएको छैन ।

‘पार्टीको नीति, नेतृत्व र संरचना परिर्वतन हुनुपर्छ । अहिलेको जस्तो हुकुमी शैलीले पाटी चल्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो’ पौडेल समूहका एक नेता भन्छन्, ‘नयाँ नेतृत्व कसको भन्ने विवाद अहिले गर्दैनौं । जनमतले तय गर्छ ।’

कांग्रेसले आम चुनावमा व्यहोरेको हारको समिक्षा गर्न चैत ९ देखि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यो बैठकले महासमिति बैठक पनि बोलाउनेछ ।

 

Related posts

Leave a Comment