नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७१ पैसा र विक्रिदर २८ रुपैयाँ ८७ रुपैयाँ रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा र विक्रिदर २९ रुपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र विक्रिदर २७ रुपैयाँ १४ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ३५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ०५ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Related posts

Leave a Comment