नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो

मलेसियामा जारी १९ वर्षमूनिको एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

मलेसियाको वायुमास ओभलमा निर्धारित समयभन्दा झण्डै ५ घण्टा ढिलो गरि खेल सुरु भएको थियो । वर्षाका कारण खेल २४ ओभरमा छोट्याईएको थियो ।

टस जितेर पहिले बलिङ रोलेको नेपालका लागी सन्दिप लामीछानेले ५, कप्तान दिपेन्द्रसिह ऐरीले २, शहब आलमले २ र अनिल कुमार शाहले १ विकेट लिए ।

मलेसियाका ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरेका थिए । मलेसियाको ३३ रन हुँदा पहिलो विकेट गुमेको थियो । त्यसपछि मलेसियाका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । मलेसियाका लागि सैद अजिज सैद मुबराकले २० र भिरन्दिप जग्जित सिंहले १० रन बनाएका थिए ।

४६ रनको लक्ष्य पच्छ्याउने क्रममा नेपालका लागी ओपनरद्वय महम्द आरिफ सेख र अनिल कुमार शाहले २७ रनको साझे दारी गरे । अनिल कुमार शाहले २६ रनको योगदान दिए । कप्तान दिपेन्द्रसिंह ऐरी १२ रन बनाएर आउट भए ।

८ रन दिएर मलेसियाको ५ विकेट लिएका सन्दिप लामिछाने म्यान अफ द म्याच भएका छन्। एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियामाथि फराकिलो अन्तरमा जित हात पारेको नेपालका लागि लामिछानेले ४.३ ओभर बलिङ गरेका थिए।

अहिलेसम्म ३ खेलमा ८ विकेट लिएका लामिछाने प्रतियोगितामै दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। श्रीलंकाका प्रविणले सबैभन्दा बढी ११ विकेट लिइसकेका छन्।

लामिछानेकै कसिलो बलिङले मलेसिया १५.३ ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिएको थियो।

Related posts

Leave a Comment