नेपाली सीमा मिचेको भन्दै भारतीय राजदूतावास घेराउ

नेपालको सीमा भारतीय पक्षले मिचेको भन्दै ग्रेटर नेपाल अभियानकर्मीहरुले सोमबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावास घेराउ गरेका छन् ।

नापी विभागले भने पर्सामा स्थलगत अध्ययनपछि आइतबार प्रतिवेदन सार्वजनिक गर्दै र्सिसिया क्षेत्रमा ५० बिगाहा भूभाग मिचिएको भनिएको तथ्यमा कुनै सत्यता नभएको बताएको थियो ।

पर्साको छपकैयामा नेपालको ५० बिगाहा जमिन भारततिर गाभिएको भन्दै ‘परिवर्तनको लागि राष्ट्र निर्माण शक्ति’ को अगुवाईमा गएका सहभागीहरुले सीमा मिचिएको विरोधमा नाराबाजी समेत गरेका थिए ।

उनीहरुले राष्ट्रिय अखण्डता विरुद्ध खेलवाड गर्नेमाथि कारबाही गर्न समेत माग गरेका छन् । सहभागीहरुले भारतीय दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

Related posts

Leave a Comment