एसिया कप क्रिकेटः साविक बिजेता भारतलाई पाखा लगाउँदै नेपाल सेमिफाईनल प्रवेश

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपाल सेमिफाईनल प्रवेश गरेको छ । समूह ए को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।

बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । यसअघि आजै भएको समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपाल बंगलदेसँग पराजित भएको थियो भने दोस्रो खेलमा डिफेन्डीङ च्याम्पीयन भारतलाई १९ रनले पराजित गरेको थियो ।

मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनल नेपालले अफगानिस्थानसँग खेल्ने भएको छ। अ

फगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। सेमिफाइनल शुक्रबार हुने छ।

अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्

Related posts

Leave a Comment