नेपाल र फिलिपिन्सको खेल गोल रहित बराबरीमा सकियो, कप्तान गुरुङले लिए सन्यास

काठमाडौं । एएफसी एशियन कप २०१९ को छनोट अन्तर्गत नेपाल र फिलिपिन्सको खेल गोल रहित बराबरीमा सकिएको छ ।

एन्फा मैदान सातदोवाटोमा भएको खेलमा दुवै टोलीबाट गोल हुन सकेन् । यद्यपी दुबै टोलीले राम्रो मौकाहरु पाएका थिए ।

नेपालले दोस्रो बराबरी खेलेको हो । यस खेलसगै कप्तान अनिल गुरुंगले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

फिलिपिन्सविरुद्धको पहिलो खेलमा नेपाल उसैको मैदानमा ४ – १ ले पराजित भएको थियो  ।

छनोटको समूह एफमा रहेको नेपाल ५ खेलबाट २ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै २ अंकसहित तालिकामा पुछारमा रहेको छ । फिलिपिन्सको ५ खेलबाट २ खेलमा जित र तीन खेलमा बराबरी खेल्दै १ अंक बनाएको छ ।

Related posts

Leave a Comment