नेपाल एयरलाईन्सको विमानलाई पार्किङस्थलमै अर्को विमानले ठक्कर दिएपछि

नेपाल वायुसेवा निगमको पार्किङमा रहेको विमानलाई अर्को विदेशबाट आएको विमानले ठक्कर दिएपछि अहिले पाकिङमा थन्किएको एक विमान ठक्कर दिने विमान समेत काम नलाग्ने बनेका छन ।

नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका दुई थान नयाँ विमानमध्ये एउटा विमानमा समस्या आएपछि चल्न नसक्ने अवस्थामा थियो ।

आफ्नै ह्यागंर छेउ रहेका ती दुईमध्ये एक विमानलाई विदेशबाट आएको बी ७६७ सिरिजको

ठूलो जहाजले ठक्कर दिएपछि ठक्कर दिने जहाज पनि चल्न नसक्ने अवस्थामा पुगेको छ ।

निगम स्रोतका अनुसार पहिल्यैदेखी बिग्रिएर थन्किएको विमानलाई अर्को विमानले ठक्कर दिएपछि अब कति महिना दु्ईवटै विमान थन्किने हुन ठेगान छैन ।

एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको लापरबाहीले पहिले देखिनै थन्किएको थियो ।

Related posts

Leave a Comment