नक्कली सरकारी छापहरू बनाउने कार्यमा संलग्न विदेशी नागरिक पक्राउ

काठमाडौं ।

नेपालको सरकारी छाप र विभिन्न देशका भिसाहरु बनाउने कार्यमा संलग्न एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले बंगलादेशी मुलका ट्रिनिडाड एण्ड टोबागोका नागरिक डेभिड लुइस सान्तनालाई काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट २४ गते पक्राउ गरी सार्वजनिक गरेको हो ।

निजबाट मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल/डिपार्चरको रवर स्टाम्प, एम्बेस्सी अफ द पिपुल्स रिपब्लिक अफ बंगलादेश काठमाडौंको रबर स्टाम्प लगायतका सामाग्रीहरु बरामद भएको छ ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा किर्ते अपराध मुद्धामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

Related posts

Leave a Comment