मोदीको ३१ घण्टे नेपाल भ्रमण, ३ सय ६३ केजीको मालादेखी बेलुनमा कालो झण्डासम्म

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
शुक्रबार जनकपुरमा आइपुगेका मोदी दुई दिने भ्रमण सकेर शनिबार स्वदेश फर्किएका हुन । ३१ घण्टाको नेपाल बसाईमा बिशेषत जनकपुरधाम, मुक्तिनाथ, र पशुपतिको पुजा अर्चनाका साथैअरुण तेश्रो जलबिद्युत आयोजनाको शिल्यान्यास गरे । मोदीले यो भ्रमणलाई धार्मीक भ्रमणका रुपमा उल्लेख गरेपनि प्रधानमन्त्री केपी ओलीलाई भारत रिझाउने मौकाको रुपमा उपयोग गर्न यो भ्रमण निक्कै फलदायी जस्तै बन्यो ।
शुक्रबार जनकपुरमा र शनिबार काठमाण्डौमा नागरिक अभिनन्दन ग्रहण गरेका मोदीले नेपालका राष्ट्रपति, उपराष्ट्रपति, देखी धेरै उच्चपदस्थ नेता कर्मचारीसँग भेटघाट गरे । नेपाल आउदाँ रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं  २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए भने जनकपुरको जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको स्वागत गरेका थिए । सोहीदिन जनकपुरमै ३ वटा १ सय २१ किलोको माला लगाएर स्थानीयको सम्मान थापेका मोदीले सो क्षेत्रको विकासका लागी एक अर्व रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे ।
जनकपुरपछि काठमाडौ आएका मोदीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । काठमाडौंको टुडिखेल स्थित सैनीक मञ्च मोदीलाई १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरिएको थियो । शुक्रबार साँझ दुई देशका प्रधानमन्त्रीको सयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको समृद्धि र विकासका लागि भारत साथ रहेको बताँउदै प्रधानमन्त्री ओलीको भिजन र सपनालाई पूरा गर्न आफ्नो सहयोग रहने बताए ।
सो भेटमा प्रधानमन्त्री ओलीले भारतीय नोटबन्दीका कारण नेपालमा रहेका नचल्ने नोट सटहीका लागि सहज बनाँउन, तराईमा हुने बाढीको समस्या समाधान गर्न, नयाँ चार वटा एयर रुटका लागि अनुमति दिन आग्रह गरेका थिए । सोही कार्यक्रममा मोदी र ओलीले स्विच दवाएर अरुण तेश्रो जलबिद्युत आयोजनाको संयूक्त रुपमा स्वीच दवाएर शिल्यान्यस गरेका थिए । दोश्रो दिन बिहान ६ बजे प्रधानमन्त्री मोदी हेलिकोप्टर मार्फत मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुगे । जहाँ पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश नंबर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई स्वागत गरेका थिए । मोदीले यो भ्रमणलाई बारम्बार धार्मिक भनिरहेपनि शनिबारको मुक्तिनाथबाट फर्केपछिको मोदीको भ्रमण पूर्णतय राजनीतिक थियो ।
उनले शनिबार दिउँसो नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतविभिन्न दलका नेताहरुसँग भेटवार्ता गरे । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै भेटवार्ता गरे । भेटपछि आफूले प्रधानमन्त्री मोदी समक्ष विराटनगरस्थित दूतावासको सम्पर्क कार्यालय हटाउन र सीमामा नेपालीले भोग्ने गरेको समस्या संम्बोधनका लागि आग्रह गरेको जानकारी दिए । पशुपतिनाथको मन्दिरमा बिशेष पुजाआजा गरेका मोदीले मन्दिरका लागि २५ करोड सहयोग गर्ने घोषणा गरेका छन ।
प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले ५५ केजीको बुद्धमुर्ति उपहारसहित नागरिक अभिनन्दन गरेको छ । काठमाडौ महागरपालिकाले गरेको सो अभिनन्दन समारोहमा प्रधानमन्त्री मोदीले अर्को पटकको आफ्नो भ्रमणमा बुद्ध जन्मस्थल लुम्बिनी जाने समेत घोषणा गरेका छन । मोदीको २ दिने नेपाल भ्रमणका क्रममा नेपालमा मोदीको यो भ्रमणको तीब्र आलोचना समेत भयो । खासगरि भारतले मधेश आन्दोलन गरेको नाकाबन्दीका कारण नेपालीले पाएको पीडालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले निक्कै सम्झिएका थिए ।
उनिहरुले सामाजिक सञ्जालका कारण व्यक्त गरेको आक्रोशलाई लिएर केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थिए । यता बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मोदीको भ्रमणको बिरोधमा ठाँउ ठाँउमा बेलुनमा कालो झण्डा बाँधेर उडाएका थिए । मोदी सरकारले २ बर्ष अघि गरेको नाकाबन्दीबारे उनले माफी माग्नुपर्ने भन्दै बिद्यार्थीहरुले कालो झन्डा उडाएका हुन् ।
यस्तै मोदीको नेपाल भ्रमणको बिरोध गर्दैै निकालिएको जुलुसमा नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेल लगायतका नेता कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

 

Related posts

Leave a Comment