मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४० लाख

आज भोलि नेपालीहरूले मोबाइल बैँकिङ सेवा प्रयोग गर्नको संख्या बढे्को छ । हाल ४० लाख संख्यामा मोबाइल बैंकिङ सेवा लिइरहेका छन् ।  बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो। राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यो तथ्यांक उल्लेख छ। तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या ४० लाख र इन्टरनेट बैँकिङ ग्राहकको संख्या सात लाख ८४ हजार पुगेको छ।मौद्रिक नीतिअनुसार अहिलेसम्म बैंकले ५२ लाख ३५ हजार डेबिट कार्ड र ९७ हजार क्रेडिट कार्ड जारी भएको छ। बैंकिङ क्षेत्रको पछिल्लो प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहक तानिएका छन्। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमका रूपमा हेरिएको मोबाइल बैंकिङमा जुन रुपले ग्राहक बढिरहेका छन् त्यसले क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने बैंकरहरूको भनाइ छ। यो तथ्यांले अबको बैंकिङ भनेको मोबाइल बैंकिङलाई देखाएको छ’, नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘मोबाइल बैंकिङ भनेको अबको बैंकको आउने अध्याए हो। यसलाई सबै बैंकले अँगाल्न जरुरी छ। बिस्तारै मान्छे क्यासलेसमा विश्वास गर्न थालेका छन्। ग्राहक बैंकमा गएर कारोबार गर्न रुचाउँदैनन्, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङले मानिसको विकल्प हुँदै गएको यसले पनि देखाएको छ। सुरक्षा र पूर्वाधारमा हामी पछि नै रहेको उनको भनाइ छ। यसैलाई मध्यनजर गरेर मौद्रिक नीतिमा विद्युुतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूूनीकरण गर्दै साइबर सुुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकले अनिवार्य रूपमा सूूचना प्रविधि प्रणालीको लेखापरी क्षण गर्नुुपर्ने उल्लेख छ। यसले भने केही हदसम्म सुरक्षाको विषयलाई सम्बोधन गर्ने देखिन्छ। त्यसका लागि ग्राहलाई सुसूचीत गर्नु पनि जरुरी छ।

Related posts

Leave a Comment