मित्रपार्क–गोकर्ण सडकको बेहाल

मित्रपार्क–गोकर्ण सडकखण्डको नयाँबस्ती क्षेत्रमा सडक समयमै मर्मत नहुँदा सडकको दुर्दशा भएको छ । जसका कारण दैनिक आवत जावत गर्ने यात्रुले सास्ती पाएका छन् । मर्मत गर्न पटकपटक माग गर्दा पनि सरोकारवालाले चासो नदिएको स्थानीयको दुखेसो छ ।‘सडक बिग्रँदा सास्ती खेप्दै आएका छौं,’ नयाँबस्तीका करुण सुवेदी भन्छन्, ‘तैपनि सरकार सडक मर्मत गर्नुको साटो आलटाल गरिरहेको छ ।’ उनका अनुसार ठेकेदारले निर्माण सामग्री सडक बीचमै राख्दा पनि समस्या आएको हो।‘सडक बिग्रँदा सास्ती खेप्दै आएका छौं, तैपनि सरकार सडक मर्मत गर्नुको साटो आलटाल गरिरहेको छ ।’स्थानीयका अनुसार सडक बिग्रिएको पाँच वर्ष भइसक्यो । सडक मर्मतको जिम्मा सडक डिभिजन कार्यालय, काठमाडौं १ को हो । कार्यालयले सडक मर्मत भइरहेको जनाएको छ । ‘हामीले मित्रपार्क–गोकर्ण सडक धमाधम मर्मत गरिरहेका छौं,’ काठमाडौं डिभिजन कार्यालय १ का प्रमुख मुकुन्द अधिकारीले भने । स्थानीयले भने ठेकेदारले कछुवा गतिमा सडक मर्मत गरेको आरोप लगाएका छन् ।

Related posts

Leave a Comment