अभिनेता मिथुन अस्पतालमा भर्ना

बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।

फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा घाइते भएका उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् ।

 उक्त फिल्म  सन् २००९ मा फिल्मको छायांकन  गरिएको थियो । त्यसयता देखि नै मिथुन बिरामी छन् । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।

मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा रोगसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो ।

-एजेन्सी

Related posts

Leave a Comment