तत्कालीन माओवादीका ९ हजारभन्दा बढी नेता कार्यकर्ता माथि अदालतमा मुद्दा

सभामुख कृष्णबहादुर महरा सहित तत्कालिन माओवादीका ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ ।नेकपाका प्रमुख सचेतक देव गुरुङले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने भन्दै तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा ल्याउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभामा कानुन मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफलमा भाग लिदै प्रमुख सचेतक गुरुङले अदालतमा ८ सय भन्दा बढी मुद्दा जनयुद्धकालका रहेको बताए । उनले शान्ति प्रक्रियामा आउनुअघिका ती मुद्दा कुनै पनि बेला सक्रिय हुनसक्ने बताए ।
त्यस्तै १२ सय भन्दा बढी मुद्दा प्रहरीमा दर्ता भएर बसेको समेत जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई अदालतमा विचाराधीन युद्धकालीन मुद्दा हेर्ने अधिकार नभएकाले आयोग औचित्यहीन बनेको गुरुङले बताए ।सभामुख महराको दाहिनेतिरको रोष्टममा उभिएर गुरुङले भने ‘माओवादी जनयुद्धमा लागेका करिब ९ हजार भन्दा बढी नेता कार्यकर्तामाथि मुद्दा छ । सभामुखलगायत ९ हजारभन्दा बढी नेतामाथिको मुद्दा कुनै पनि बेला क्रियाशील हुनसक्छ । यी मुद्दा कसरी किनारा लगाउने हो, सत्य निरुप्ण अयोगको क्षेत्राधिकार विस्तार गरौं, कानुन संशोधन गरौं ।

Related posts

Leave a Comment