मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका ३१ जना फेरी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडी फेरी पक्राउ परेका छन् । उनीसहित अरु ३१ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनसनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् ।कृष्ण पहाडीसहितका २५ जना मानवअधिकारकर्मी केही दिन अघि पनि सिंहदरबार अघि प्रदर्शनको क्रममा पक्राउ परेका थिए ।

Related posts

Leave a Comment