म:म खानु स्वास्थ्यसँगको गम्भीर खेलवाड,भेटियो यस्तो रोग !

विशेष गरी शहरी क्षेत्रमा अधिकांशले खाजाको रुपमा ममलाई रोज्दछन् । मम जति मीठो हुन्छ त्यत्ति नै स्वास्थ्यका लागि राम्रो भने हुँदैन । प्रायजसो मम खाने व्यक्तिलाई गम्भीर खालका रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । हामीले खाना खान्छौ आफूलाई सन्तुष्ट पार्न तर त्यसले स्वास्थ्यमा पार्ने प्रभाव पनि बुझुनुपर्ने हुन्छ ।  डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी पनि खिइन्छ । दैनिक मैदाबाट बनेको मम खानु शरीरका लागि खतरनाक हुन्छ ।
मस्मस् होस् वा अन्य मैदाबाट बनेको खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

म:म नेपालमा २०२० सालदेखी नै खान थालिएको अनौपचारिक तथ्याङक छ । तिब्बती खाना म:म नेपालमा व्यापारका लागी तिब्बत जाने काठमाडौंका नेवारी समुदायले भित्राएको अनुमान छ । तिब्बतमा मोहोमोका नामबाट परिचित स्वादिष्ट खाना नेपालमा खासगरि तिब्बतसँग व्यापारीक सम्बन्ध जोडिएका नेवारी समुदायले खानाको रुपमा भित्राएको बसन्तपूरका ६९ बर्षिय कडककाजु ब्रजाचार्य बताउँछन । तर म:मले नेपाल भित्रिएको थोरै समयमै निकै फडको मारेको छ ।

म.म रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ । पहिले सिमित ठाँउमा म:म पसलहरु हुने भएतापनि अहिले चोकचोक र गल्ली गल्लीमा म:म पसल खुलेका छन। अझै रत्नपार्क, गोंगबु, चावहिल, सोह्रखुट्टे लगायतमा त २४ सै घण्टा म:म बेच्ने ठेला चल्छन । छिटो खान सकिने, खानाका लागी साथी नचाहिने वान कोर्स मिल०स्वादिलो, आडिलो, होल मिल, अर्थात दालभातकै काम गर्ने भएकै कारण म:म सबैको प्रिय खाजा बनेको म:म पारखीहरु बताउँछन् ।

Related posts

Leave a Comment