अब डाक्टरहरुले अस्पतालबाट हैन माइतिघरबाट उपचार गर्ने

काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालका चिकित्सकहरुले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने भएका छन् ।

उनीहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टाभित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माइतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित बिरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन् ।

चिकित्सकहरुले बरिष्ठ चिकित्सक केसीसँग पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन् । उनीहरुले बरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

Related posts

Leave a Comment